विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भएको गृहमन्त्री बादलको दाबी
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्। सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपश्चात फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।
उनले नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको दाबी गरे। थापाले सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ गर्ने र विप्लवको तर्फबाटपनि पूरा हुने धारणा राखेका छन्।
‘यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई।’उनले अगाडि थपेका छन्,‘सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं।’



प्रतिकृया दिनुहोस्