April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

काठमाडौँ – कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानबाट ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाण्डु आइपुगेको हो ।

Advertisement

शनिबार कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए ।

उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।