May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवाबाट गलत तरिकाले पैसा लिने, ठग्ने र ढाँट्ने गरेमा नछाड्ने बताउनुभएको छ । 

वैदेशिक रोजगार बोर्डले आइतबार आयोजना गरेको  पूर्व प्रस्थान अभिमुखीकरणका नयाँ पाठ्यक्रम अनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा बोल्दै मन्त्री चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवालाई गलत तरिकाले ठगेमा मन्त्रालय र विभाग कारबाही गर्न पछि नपर्ने भन्दै सही तरिकाले काम गर्न र कसैलाई पनि नठगी काम गर्न उहाँले निर्देशन दिनुभयो । 

Advertisement

‘ठगीमा नपर्दासम्म युवाहरू आउँदैनन्, जब ठगीमा पर्छन् तब आउँछन्, त्यो बेलामा ठगेको प्रमाण नै हुँदैन, मन्त्री चौधरीले भन्नुभयो,‘हातमा लाखौँ लिने र रसिद १० हजार दिने चलनले कारबाही गर्न चुनौती भएको छ, तर अब यसरी चल्दैन, गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई मन्त्रालय र विभागले छाड्दैन ।’

मन्त्री चौधरीले गलत काम गर्ने म्यानपावर व्यवसायीलाई कडाइका साथ कारबाही गर्न विभाग र बोर्डलाई निर्देशन पनि दिनुभयो । 

विभिन्न देशमा सरकारी तबरबाटै श्रमिक पठाउन पहल भइरहेको पनि मन्त्री चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, कतारमा पनि आउँदो विश्वकपका लागि सरकारी तबरबाटै नेपाली श्रमिक पठाउने गरी छलफल अघि बढेको छ ।