April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले शुक्रबार बालुवाटारमा आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका हुन् ।

Advertisement

प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङले जिम्मेवारी पाएका छन् । प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज थिए ।

बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति दिएको छ ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।