सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु
दार्चुला – दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ।
मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको मृत्यु भएको हो।
सोमबार गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए।
टमटा सडकखण्डमा दैनिक गिट्टी फोर्ने काम गरेर घरखर्च चलाउँदै आएका थिए।



प्रतिकृया दिनुहोस्