June 5, 2026, Friday
२०८३ जेष्ठ २३, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

 काठमाडौं – नेकपा (एमाले)का दुई पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल)बीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दुई घण्टासम्म चलेको वार्ता सकिएको हो ।

आजको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणाहरु राखेका थिए । छलफलमा सहभागी नेता भीम रावलले जनाएअनुसार आजको वार्तामा कुनै सहमती भने हुन सकेन ।

Advertisement

आजको छलफलमा माधव पक्षले गत फागुन २८ ओली पक्षले गरेको केन्द्रीय समिति भेला र त्यसको निर्णय खारेज गर्नुपर्ने माग गरेको थियो । तर, ओली पक्षले भने उक्त कुराहरु स्वीकार गरेको छैन् ।

‘सर्वोच्च अदालतको फैसलासँग अमिल्दो हुनेगरि भएका गतिविधि अमान्य छन् भन्ने हाम्रो कुरा हो, गत फागुन २८ गते उहाँहरुको (ओली पक्ष) भेलाले गरेको निर्णयलाई हामी स्वीकार गर्न सक्दैनौं’, बैठकमा सहभागी रावलले भनेका छन्, ‘त्यो कुरामा उहाँहरु सहमत हुन सक्नुभएन्, यी विषयमा कुरा मिलेन ।’

उनका अनुसार फेरि छलफल गर्ने सहमती भएको तर, कहिले छलफल गर्ने टुंगो भने छैन् ।