खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर
काठमाडौँ – खुला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ। पहिलो चरणमा केही संरचना र बार हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकोले बाँकी सामग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको भनाइ छ।
‘अस्थायी बसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर भए पनि खुला मञ्चलाई खुला गर्दैछौं’, उनले भने।
नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।
हिजो (आइतबार) खुलामञ्चमा पुनर्निर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका बार भत्काइएको छ। त्यहाँका अस्थायी संरचना क्रमश: भत्काइनेछ।



प्रतिकृया दिनुहोस्