April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

काठमाडौँ – देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतकाे तार सर्ट भएर सुरु भएकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे जानकारी दिनुभयाे ।

Advertisement

आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको बुढाले जानकारी दिनुभयो ।

आगलागीबाट कति क्षति भयाे भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीका घटना हुने गरेका छन् । केहीदिन अगाडि गढवा, कोइलाबास र सुकौलीनाकामा आगलागीबाट घर जलेर नष्ट भएको थियो ।