April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शोक प्रस्तावमै सकियो संसद्‍ : अर्को बैठक शुक्रबार

शोक प्रस्तावमै सकियो संसद्‍ : अर्को बैठक शुक्रबार

काठमाडौँ – प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

Advertisement

पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए ।

अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।