May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विराटनगर महानगरमा आज सार्वजनिक बिदा

विराटनगर महानगरमा आज सार्वजनिक बिदा

काठमाडौं – विराटनगर महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गएराति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।

कोइराला २०४९ देखि २०५४ सम्म विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर भएका थिए। उनी संविधान सभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य थिए।

Advertisement

महानगरपालिकाले जारी गरेको सूचनामा ‘शोकको घडीमा अत्यावश्यक सेवा बाहेक यस कार्यालय अन्तर्गत वडा कार्यालय र सामुदायिक विद्यालयहरूको प्रमुख स्तरीय निर्णय आज (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ,’ लेखिएको छ।