आगोलागीबाट यो वर्ष ज्यान गुमाउनेको संख्या ७९, एक अर्व ५९ करोड रुपैयाँको क्षति
ललितपुर – आगलागीबाट याे वर्ष देशभर ७९ जनाकाे ज्यान गएकाे छ ।
गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएकाे हाे । यस घटनामा ३३२ जना घाइते भएका छन् ।
आगलागीबाट एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच ललितपुरमा आगलागीबाट आज एक वृद्धाको ज्यान गएकाे छ । ललितपुर महानगरपालिका-१४ नख्खीपोटमा रहेकाे मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आगलागीमा परि गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गृह मन्त्रालयले गर्मी बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्