April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेस युवा नेता विनोदराज मोक्तानद्धारा दलित अभियान र खेलकुदका लागि आर्थिक सहयोग

कांग्रेस युवा नेता विनोदराज मोक्तानद्धारा दलित अभियान र खेलकुदका लागि आर्थिक सहयोग

धरान – नेपाली कांग्रेसको आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य विनोद राज मोक्तानले आफ्नो गृह नगर धरानमा बेग्ला बेग्लै उद्देश्यहरुका लागि आर्थिक सहयोग गरेका छन् । उनले धरान नगरपालिकाका पूर्व सभापति किशोर राईको अनुरोधमा १६ हजार रुपैयाँ बराबरको ‘खेलकुद साम्राज्ञी बक्सिङ ग्लोब’ प्रदान गरेका छन् ।

त्यस्तै उनले नेपाल दलित संघका केन्द्रीय सदस्य गोविन्द विस्वकर्मा मार्फत दलित संघ सुनसरी जिल्ला समितिलाई १४ हजार २ सय ३२ रुपैया आर्थिक सहयोग गरेका छन् ।

Advertisement

No description available.

समाजसेवी तथा राजनीतिकर्मी विनोद राज मोक्तान नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व सभापति पनि हुन् ।

यसैबीच, नेपाल दलित संघले ५६औं अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारे यही चैत्र १० र ११ गते धरानमा ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक प्रदेश स्तरीय दुईदिने अन्तरकृया कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।