May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

काठमाडौं – नेकपा एमालेको माधव-झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ। दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने एमाले बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन्। पार्टीभित्र विकिसत घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको शाक्यको भनाइ छ।

Advertisement

माधव-झलनाथ समूहले हिजो मात्रै आफू पक्षीय कार्यकर्ताको दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै उक्त समूहले समानान्तर गतिविधि अघि बढाएको छ।