April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् ।

गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाई जलेर मरेका हुन् । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले जानकारी दिए ।

एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ ।

प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ ।