चैत २५ मा पत्रकार महासंघको चुनाव
काठमाडौं – नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।
निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ।
मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२.३० बजेदेखि चैत १० गते दिउँसो १२. ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले बताए।
मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ।
यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ। उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०.३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ।
उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ। मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।



प्रतिकृया दिनुहोस्