May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एमालेमा महिलापछि युवा संघमा पनि बनाइयाे समानान्तर कमिटी

एमालेमा महिलापछि युवा संघमा पनि बनाइयाे समानान्तर कमिटी

काठमाडौं – नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो ।

Advertisement

६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ ।

अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ ।

यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।

ओली समूहले जस्तै यो समूहले पनि जम्बो पदाधिकारी बनाएको छ ।