May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

मकवानपुर – हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गडनाको काम सुरु गरिएको छ । वन तथा भू-संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गर्नुभयो । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका छन् ।

प्रतापपुरबाट हात्तीमाथि चढेर चितवनको सौराहामा औपचारिक कार्यक्रम गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो ।

Advertisement