May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाँचजना मृत अवस्थामा फेला

पाँचजना मृत अवस्थामा फेला

काठमाडौं – देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१३ काफलगैरी भीरबाट करिब १ सय ५० मिटर तल सोही नगरपालिका–१५ बस्ने ३० वर्षीय रमेश खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । दुई दिन अगाडि घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

कैलाली, कैलारी गाउँपालिका–९ गदरीया बस्ने ५० वर्षीया पार्वती चौधरी राना सोही ठाउँस्थित खानेपानी ट्याङकी नजिकै आँपको बगैंचामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको ।