May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

काठमाडौँ – गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रुपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार बनिरहेका छन् ।
गत बैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गरेर ४७ जा उच्च सैनिक अभिकृतमाथि कारबाही भएको छ ।

यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो । यही अवधिमा अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठले अनियमितता गरेबापत बिगो झर्नुपरेको छ भने सहायक रथीहरु सुरेन्द्रसिंह रावल चेन अफ कमान्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति र अनुशानस तथा आचरणसम्बन्धी कसुर र पंकज कार्की यौन दुव्र्यहार अयिभोगमा बर्खास्त भए ।

Advertisement

नेपाली सेनाका अनुसार २०७७ वैशाखपछि फागुन अन्त्यसम्म रथीवृन्द तथा अधिकृत गरेर ४७ र पदिक तथा अन्य दर्जाका ९ सय ३७ जनाले दण्ड सजाय पाएका छन्