May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश १ का मन्त्री र राज्यमन्त्रीले लिए सपथ

प्रदेश १ का मन्त्री र राज्यमन्त्रीले लिए सपथ

काठमाडौं – प्रदेश १ का नवनियुक्त मन्त्रिहरुले सपथ लिएका छन् ।

मुख्यमन्त्री शेरधन राईद्धारा आज विस्तार गरिएको मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । साथै कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले सपथ लिएका हुन् ।

Advertisement

त्यस्तै कृषि राज्यमन्त्रिमा नियुक्त भएकी कला घले र वन राज्यमन्त्री बनेका राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रिहरुलाई मुख्यमन्त्री राई र प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ खुवाएका थिए ।

मन्त्रिपरिषद् विस्तारका क्रममा नेकपाको विवादमा प्रचण्ड–माधव समुहतिर लागेका र अदालतले माओवादी केन्द्र र एमाले ब्युूताइँ दिएपछि माओवादी केन्द्र छाडेर एमालेको ओली समूहतिर लागेकालाई बढी प्राथमिकता दिइएको छ ।