May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेका भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Advertisement

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

स्व भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । भण्डारीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।