March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

काठमाण्डाै – काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् ।

शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहले उज्यालोलाई जानकारी दिनुभयो। उनीहरुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सिंहले बताउनुभयो ।

Advertisement

स्थानीय एक डेरीमा राखेको एसिड होली खेल्ने क्रममा पानी भनेर उनीहरुले प्रयोग गरेको पाइएको छ । प्रहरीले एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।