April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ ।

फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताउनु भएकाे छ ।

Advertisement

उहाँले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएकाे उहाँले बताउनुभएको छ । गएको फागुन २३ गते पार्टीको नाम सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।