April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकारका लागि एक पटक आन्दोलन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले  जनताको अधिकारको लडाईलाई सिध्याउने षड्यन्त्र भएकाले आन्दोलनबाट तागत प्रर्दशन गर्नुपर्ने बताएका छन् ।

Advertisement

‘जनताको पहिचना र अधिकारको लडाइलाई सिध्याउने र फेरि प्रतिगमनतिर लागे षड्यन्त्र भएको छ त्यसकाविरुद्ध एक भएर जाने जरुरी पर्यो भने आन्दोलनमा हामीले तागत प्रर्दशन गर्ने संकल्प गर्नुपर्छ’, उनले भने ।

उनले गत पुस ५ गते संसद विघटन गरेर त्यो संकेत देखिएको भन्दै आन्दोलनको बलमा संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भैनसकेको बताए । सर्वोच्च अदालतले सेटिङमा नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको आरोप लगाएका छन् ।

‘संसद त पुनःस्थापना भयो तर, फेरी त्यो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भएको छैन् । देशभित्र बाहिरका संवैधानिका निकायका प्रमुखहरुबीच सेटिङ हुने । मूल्य मान्यता, संविधान ऐन नियमले काम नगर्ने सेटिङले काम गर्ने । त्यो सेटिङ सबै जनता र उनीहरुको अधिकार पहिचानविरुद्ध परिलक्षित हुने अवस्थाको सामना गर्नुपर्नेछ’, उनले भने ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने विषयमा पुनरावलोकन नहुने स्पष्ट पारेको थियो । अदालतले नेकपा ब्यूँताउन माग गर्दै अध्यक्ष प्रचण्डले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश जारी गरेको हो ।

अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।

प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको थियो ।

गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो ।

त्यस्तै उनले वर्तमान सरकार फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलव्धी​हरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको बताए ।

‘समाज जहाँ हामी अहिले आइपुगेका छौँ अव यो जाने भनेको निरंकुशतन्त्रको फाँसीवादतिर हो । चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ’, प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले मुलुक अराजकतर्फ जान खोजेको बताएका छन् । उनले जनताले सात दशक लडेर ल्याएको उपलब्धी राज्यले उल्ट्याउन खोजेकोब ताएका छन् ।

‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

उनले अहिले सरकारबाटै सुरु भएको प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको बताए ।

‘फुटाउ र राज गर भन्ने सामन्ती संस्कारका विरुद्ध धेरै लामो संघर्ष गर्यौँ, त्यसैको उपलब्धीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा छौ तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको छ’, प्रचण्डले भने, ‘त्यो षडयन्त्रको व्याख्या गर्न अहिले मलाई समय छैन तर षड्यन्त्र भएको छ ।’