April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

काठमाडौँ – कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निष्कर्ष निकालेको हो ।

नेकपा एमालेको नाममा १० जना सांसदले चैत ४ गते प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बुझाएका थिए । तर, अहिलेसम्म एमालेका तीन जना सांसदहरू मन्त्रीको रूपमा कार्यरत रहेको हुदाँ सरकार बहुमतमै रहेको संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले बताएकी छन।

Advertisement

प्रमुख सचेतक नेपालीले एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहेको बताएका छन । उनीमाथि पार्टीले कारबाही गरिसकेको बताउँदै उनले रेग्मीको ठाउँमा संसदको परामर्श समितिमा राते कामीलाइ पठाइएको बताएकी हुन ।

माओवादी संसदीय दलको बैठकले प्रदेश प्रमुखले संविधानभन्दा बाहिर गएर कार्यकारी भूमिका देखाउन खोजेको आरोप लगाएको छ । १० जना सांसदले समर्थन फिर्ता लिएको विषयमा बारम्बार पत्र पठाउनु अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएको बैठकको निस्कर्ष छ ।