April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ: प्रधानमन्त्री अ‍ोली

तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ: प्रधानमन्त्री अ‍ोली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।

Advertisement

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

प्रधानमन्त्री अ‍ोलीले पटक–पटक समर्थन फिर्ता लिन आग्रह गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।