March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

दाङ – दाङमा ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ खुरखुरियाका ६५ वर्षीय पर्सु नारायण चौधरी रहेका छन् ।

आइतबार दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेका चौधरी गम्भीर घाइते भएका थिए ।उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement