April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ – हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान रौतहटमा एक जना युवकको मृत्यु भएको छ ।

चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement

महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।

महराको शव पोष्टमार्टमका लागी चन्द्रपुर अस्पतालमा राखिएको रौतहट प्रहरीले बताएको छ ।