May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बन्दुकको गोली लागेर एक शिकारी घाइते

बन्दुकको गोली लागेर एक शिकारी घाइते

काठमाडौँ – कैलालीको बन्दुकको गोली लागेर शिकार खेल्न गएका एक व्यक्ति घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिकास्थित शिवशकंर सामुदायिक वनमा भरुवा बन्दुक पड्केर सोही नगरपालिकाको वडा नम्बर ९ का ईन्द्रबहादुर बिक घाइते भएका हुन।

Advertisement

उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) भरत चौधरीले बताए।

उनीसँगै सिकार खेल्न गएका वडा नम्बर ९ मौलीयाका बिरबहादुर थापामगर पक्राउ परेका छन्। उनलाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी चौधरीले बताए।