April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर थापालाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

इन्स्पेक्टर थापाले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक ढंगबाट सम्पादन गर्दै टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण लगायत यस प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएका छन् ।साथै थापाले प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कर्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन गर्ने कार्यमा समेत अहम जिम्मेवारी निर्वाह गरेका छन् ।

Advertisement