May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्वास्थ्य मन्त्रालय भन्छ- केहि दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन

स्वास्थ्य मन्त्रालय भन्छ- केहि दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन

काठमाडौँ – कोरोनाको महामारी भारतमा बढ्दै गएपछि नेपालमा पनि हेलचेक्र्याइँ गरी बेलैमा कोरोना सङ्क्रमणको चक्रलाई रोक्न नसकेमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपालका नागरिकहरूलाई प्रत्येक व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरूबाट कसैलाई पनि विचलित हुन नदिन आग्रह गरेको छ । 

कोभिड-१९ ले हाल छिमेकी देशहरूमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस  पारेको बताउँदै मन्त्रालयले नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने बताएको छ । ‘यो महामारीले हालै देशका विभिन्न स्थानहरूका समेत उस्तै किसिमका दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले सङ्क्रमण रोकथाम गर्न सक्ने भूमिकाहरूका निर्वाह गरेका छैनौँ ।’ मन्त्रालयले उल्लेख गरेको छ  । 

Advertisement

साथै, मन्त्रालयले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले तोकेको मापदण्ड नै निर्विकल्प उपाय भएकोले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिन अपिल समेत गरेको छ।

थप सूचना हेरौँ :