April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले अवरुद्ध पारेका छन् । प्रदेश सभा बैठकको सुरुवातमै एमालेका सांसदहरुले कोरोना संक्रमण परीक्षण नगरी बैठक राखिएको भन्दै विरोध जनाएका थिए ।

एमालेका सांसद राजीब पहारीले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञासमेत राखेको भन्दै बैठक चल्न नदिने बताए । उनले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले कोरोना खोपको दोस्रो डोज नलगाएको कुरा बैठकमा राखेका थिए ।

Advertisement

एमालेको अवरोध पछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले केहि बेरका लागि बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व वैशाख २ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम छ । यसअघि सोमबारको बैठकमा उक्त प्रस्ताव टेबुल भएको थियो ।