April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यका लगायत विभिन्न जिल्लाले निशेधाज्ञा जारी गर्ने भएका छन् ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले बैशाख १६ देखि २२ गतेसम्म एकसाता निशेधाज्ञा जारी गर्ने निर्णय गरे पनि सोमबारै बसेको मन्त्रिपरिषद्को बैठकले निशेधाज्ञा थप एकसाता लम्ब्याउने निर्णय गरेको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयदेश त्रिपाठीका अनुसार एकसातामा कोरोनाको चेन ब्रेक गर्न नसकिने हुनाले मन्त्रिपरिषद्को निर्णय अनुसार बैशाख २२ गतेदेखि पुनः एकसाता निशेधाज्ञाको समय थप गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को सोहि बैठकले देशैभरीका सबै विद्यालयहरु बन्द गर्ने तथा अर्को सूचना जारी नभएसम्मका लागि पूर्वनिर्धारित परीक्षाहरु सबै स्थगित गर्ने निर्णय पनि गरेको थियो ।

यी जिल्लाले आफै निशेधाज्ञा जारी गर्न सक्ने
मन्त्री त्रिपाठीका अनुसार हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २०० र मधेशमा ५ सय भन्दा बढी संक्रमित देखिनासाथ सम्बन्धीत जिल्लाले निशेधाज्ञा जारी गर्न सक्नेछन् । तर, निशेधाज्ञा जारी गरिने अग्रिम सूचना सर्वसाधारणलाई दिएर मात्र गर्न पाइने छ । निशेधाज्ञाको अवधि १५ दिन नै गर्नुपर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । हाल कोरोनाका जोखिम रहेका झण्डै १२ जिल्लामा निशेधाज्ञा जारी गर्नुपर्ने अवस्था रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन–कुन जिल्लाले गरे त निशेधाज्ञा ?
कोरोनाबाट संक्रमित हुनेको संख्या तिब्ररुपमा बढ्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभरी बैशाख ८ गते रातिदेखि एकसाताका लागि निशेधाज्ञा जारी गरिएकोमा त्यसलाई थप गरेर बैशाख २० गते राति १२ बजेसम्मका लागि जिल्लाभरी नै निशेधाज्ञा जारी गरिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कास्कीले पनि मंगलबार एक सूचना जारी गर्दै बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बैशाख २१ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।

उक्त समयमा यात्रुबाहक तथा निजी सवारी साधन जोर विजोर प्रणालीमा चल्न पाउने, एम्बुलेन्स, शब बाहन, दमकल, खाद्य सामग्री, पशुपंक्षीको दाना बोक्ने सवारी, तरकारी, माछामासु,पानी, ग्यास तथा पेट्रेलियम पदार्थलगायतका अत्यावस्यक सवारी साधनहरु चल्न पाउने बताइएको छ ।

तयस्तै विवाह ब्रतबन्ध पार्टी प्यालेसम ागर्न नपाइने तथा घरमै गर्दा १५ जना भन्दा बढी उपस्थिति हुन नपाइने आदेश पनि जारी गरेको छ ।

त्यस्तै रेष्टुरेण्ट तथा होटलहरुले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म टेक अवे सेवामात्र दिन पाउने बताइएको छ ।

त्यस्तै बर्दियाबागलुङ र कालिकोटमा  पनि यसअघि नै निशेधाज्ञा जारी गरिसकिएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि निशेधाज्ञा लगाइने भएको छ ।

हालसम्म निशेधाज्ञा जारी भएका जिल्लाहरु बाँके, बर्दिया, बागलुङ, कालिकोट रहेका छन् भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि, कास्कीमा बुधबार बिहान ६ बजेदेखि र काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार (बैशाख १६ गते) देखि निशेधाज्ञा जारी गरिने निर्णय गरिएको हो । हालसम्म निशेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या ९ पुगेको छ ।

यी हुन् जोखिम तथा अति प्रभावितको वर्गिकरणमा परेका जिल्लाहरु
स्वास्थ्य मन्त्रालयले  काठमाडौं, ललिलतपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई कोरोनाको उच्च जोखिम तथा अति प्रभावित रहेका जिल्लामा वर्गिकरण गरेको छ ।