धनगढीमा प्रहरीको मास्क खाेइ अभियान तस्बिरमा
धनगढी – धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनमा मंगलबार विहान धनगढीमा तपाईंको मास्क खोई अभियान सञ्चालन गरिएको हो ।

दोस्रो चरणको कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको बताईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले सवारीसाधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरौं, मास्कको अनिवार्य प्रयोग गरौं,सामाजिक दुरी कायम गरौं ,तपाईको माक्स खोई ?,कोभिड-१९ बाट बचौं र बचाऔं ट्राफिक नियमको पालना गरौं भन्ने प्लेकार्ड सहितको सचेतनामुलक कार्यक्रम गरीएको बताए । प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको छ ।





प्रतिकृया दिनुहोस्