April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

५ मे, लन्डन(यूके) / बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचनअन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् ।


भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिलका पराजित गरेका थिए । गुरूङ सन् २०१४ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका थिए । एक सालपछि उनले उपमेयरका रूपमा काम गरेका थिए ।

Advertisement


बस चालकका रुपमा समेत काम गरेका गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुन् । उनी च्यारिटी संस्था साफा, देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहिसकेका छन् । उनी सन् २०२१÷२२ का लागि मेयरका रूपमा निर्वाचित भएका हुन् ।