April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मी – मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।

शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

Advertisement

चट्याङले लागेर ६३ वर्षीय उजुरसिंह गाहा, ६२ वर्षीया तथीकला, ३८ वर्षीय तुलबहादुर, ४२ वर्षीया जुनी, १८ वर्षीया मेलिना, ८ वर्षीय जोनित, ३३ वर्षीय चित्रबहादुर र २८ वर्षीया ज्योतिकला गाहा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये तुलबहादुर, जुनी, मेलिना र जोनितलाई थप उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ।