April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

काठमाडाैं – नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकताकाे पक्षमा रहेकाे बताएका छन् ।

पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा बसिरहदा नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका हुन् ।

Advertisement

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ताको तयारी भइरहेका खबरबीच नेपालले उक्त कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेर प्रधानमन्त्रीलाई वार्ता र लचकताका साथ उपस्थित हुन संकेत गरेकाे बुझिन्छ ।