April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

६ मे, साउदी अरब / विश्वभर छरिएर रहेका युमा साम्योवादीहरू सङ्गठित भएका छन् । युमा साम्यो महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिबाट उनीहरू एकत्रित हुँदै नेपालमा हुन लागिरहेको राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न आह्वन समेत गरेका छन् ।


हालै सम्पन्न समितिको पहिलो अधिवेशनले सन् २०२१ मा हुन गइरहेको नेपालको १२ औँ राष्ट्रिय जनगण्नामा धर्मको महलामा युमा उल्लेख गर्न आह्वान गरिएको अध्यक्ष नरेन्द्र माबोहाङले बताए । ‘आगामी राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा, जातिको महलमा याक्थुङ लिम्बु र मातृभाषाको महलमा याक्थुङ लेख्न आह्वान गर्दछौँ,’ उनले भने । अधिवशेनले यूकेका माबोहाङको अध्यक्षतामा ४५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ ।

Advertisement


युमा साम्यो महासभाको अन्तर्राष्ट्रिय समन्वय समिति सन् २०१९ मार्च ७ मा स्थापना भएको थियो । याक्थुङ लिम्बु जातिको परम्परागत धर्म र सँस्कृति सङ्कटमा परेको भन्दै प्रवासमरहेका युमा साम्योवादीहरूले तत्कालीन संयोजक लोकेन्द्र तबेबुङको संयोजकत्वामा २६ सदस्यीय समिति निर्माण गरेका थिए । समितिमा १२ मुलुकबाट प्रतिनिधित्व रहेको थियो ।


यसपटक पनि दर्जन बढी मुलुकबाट कार्य समिति बनेको नवनिर्वाचित अध्यक्ष माबोहाङले बताए । समितिका उपाध्यक्षहरूमा यूकेका दिलसिङ मेन्याङ्वो, मान तबेबुङ, साइप्रसकी मञ्जु खुदाङ, जर्मनीका हिमाल सुब्बा, दक्षिण कोरियाका शिव पयाङगु, दुबईका दिपेन्द्र चेम्जोङ, इजरायलका कुमार आङदेम्बे ‘अबि’ रहेका छन् । त्यस्तै, महासचिवमा साउदी अरबका धनराज साम्याङ्खाम, सचिवमा मलेसियाका भीम सौदेन, मिडिया सचिवमा यूकेका अमित थेवे, अर्थ सचिवमा ब्रुनाईका भूमि सौदेन, अर्थ सहसचिवमा हङकङका विक्रम मादेन छन् ।


यसैगरी, सदस्यहरूमा साउदी अरबबाट वसन्त चेन्जी माबो, विकेन पालुङ्वा, शङक थलङ(येबा), वली येक्तेन, मलेसियाबाट सुमन येक्तेन ‘केसाङ्ला’, उदय चोङवाङ क्याक पूर्वेली, गीता वनेम, रवि किरण लिम्बु, मकाउका चन्द्र बोखिम, धिरेन बोखिम, पोर्चुगलका कर्ण लिम्बु, साइप्रसकी इलिया लिम्बु, कुवेतका अर्जुन येक्तेन, रवि चेन्जी माबो, राम कुमार येक्तेन, यूकेका दिल पालुङ्वा, गम्भीरध्वोज तुम्बाहाङ्फे, हङकङका टीका माखिम फुङ्लेप, अशोक कुमार माबो, विमला तुम्खेवा, अमिर मेन्याङवो रहेका छन् ।


त्यस्तै, अन्य सदस्यहरूमा दक्षिण कोरियाका आइतराज लिम्बु, सुशील चेम्जोङ, दुबईका देबी बहादुर इमेहाङ, ललित तुम्बाहाङ, गोविन्द लुम्फुङ्वा, वीरेन जवेगू, इजरायलकी सरस्वती लिम्बु, सन्तोष लिवाङ, ब्रुनाईका इन्द्र बहादुर लिम्बु र जर्मनीका विक्रम पयाङ्गु रहेका छन् ।


युमा साम्यो महासभा, नेपालका उपाध्यक्ष उपप्राध्यापक हर्क इजमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा अभियन्ता कुल मेन्याङ्वोले समेत सम्बोधन गरेका थिए । त्यसअघि, महासचिव साम्याङ्खामले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन, मिडिया सचिव थेवेले प्रस्तुत गरेको मिडिया प्रतिवेदन अधिवेशनले पारित गरेको थियो । भर्चुअल रूपमा जुमबाट भएको कार्यक्रम संयोजक लोकेन्द्र तबेबुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।