वैकल्पिक सरकार गठन सम्बन्धी छलफलगर्न देउवाले बोलाए विपक्षीदलको पदाधिकारी बैठक
काठमाडौँ – दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि छलफल थालेका छन् । सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न आव्हान गरेपछि विपक्षी दलहरुले आफ्नो गठबन्धनमा बहुमत पुर्याउने कसरत थालेका हुन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारका विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । दिउँसो ३ बजे बुढानिलकण्ठ स्थित देउवा निवासमा पार्टीका पदाधिकारी र पुर्वपदाधिकारीहरुको बैठक बोलाइएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिन अर्थात् बैशाख ३० गते बिहीबार राति ९ बजेसम्मको अवधि तोकेकी छिन् । देउवाले मंगलबार पार्टीका नेताहरुसँग औपचारिक छलफल गरेपछि बुधबार अन्य दलहरुसँग छलफल गर्ने भएका छन् ।



प्रतिकृया दिनुहोस्