April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ ।

यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाण्डौ आउनेछ । यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट एअर एम्बुलेन्स दिउँसो पौने ४ बजे काठमाण्डौ आएर भारतको लखनउ जाँदैछ ।

Advertisement

यस्तै कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे आएर पौने ८ बजे उड्नेछ । यस्तै हिमालय एअरलाइन्सको जहाज आजै चीनको कुम्निङ जाँदैछ ।