April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चिनियाँ भेरोसेल खोपको दोस्रो मात्राको अभियान जेठ २ गते बाट: यी स्थानमा खोप केन्द्र

चिनियाँ भेरोसेल खोपको दोस्रो मात्राको अभियान जेठ २ गते बाट: यी स्थानमा खोप केन्द्र

काठमाडौँ – कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन् । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप पहिलो मात्रा दिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

Advertisement

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् भने काठमाडौँ महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।