May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

काठमाडौँ – सरकारले कोभिड १९ संक्रमणबाट मृत्यु भएकाको शव जलाउने पशुपति आर्यघाटका कर्मचारीलाई प्रति शव १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

शुक्रबार पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमै नियुक्त भएका भानुभक्त ढकालले पशुपति आर्यघाटमाकोभिड १९ संक्रमणबाट मृत्यु भएकाको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

Advertisement

मन्त्री ढकालले यो निर्णय आफ्नो मन्त्रालयको सैद्धान्तिक निर्णय भएको बताउँदै अर्थको सहमतिपछि भत्ता वितरण हुने बताए ।

यसैगरी कोरानाबाट मृत्यु हुनेका परिवारलाई शवदाह गृहमा लाग्ने शुल्क पनि मिनाह गरिएको छ । मृतकका परिवारले विद्युतीय शवदाह गृहमा जलाउँदा ५ हजार र बाहिर काठमा जलाउँदा १५ हजार शुल्क तिर्नुपर्ने रकम पनि मिनाह गरिएको उनले बताए ।