April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

काठमाडौं । सरकारले ११ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त ११ देशका लागि विभिन्न व्यक्तिहरुको नाम प्रस्तावित गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिक्त ११ देशका लागि राजदूत नियुक्तिको नामहरु प्रस्तावित गर्दै उक्त नामहरु संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद् सचिवालयमा पठाइएको जनाएका छन् ।

Advertisement

प्रस्तावित देशमा साउदी अरेयिबाया, अष्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, रूस, बहराइन, श्रीलंका, अष्ट्रिया, ब्राजिल, इजिप्ट र बर्मा रहेका छन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ मा ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्नुपर्ने प्रावधान भएपनि दुई जनामात्र परेका छन् । सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि सिफारिस गरिएको छ ।

राजदूत नियुक्त हुन प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई भएर सम्बन्धीत देशबाट एग्रीमो आउनु पर्दछ ।

राजदूत बनाउन परराष्ट्रले अघि सारेका व्यक्तिहरू :

१.सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)
२. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया) 
३. सुमित्रा सुवेदी (डेनमार्क)
४. जंगवहादुर चौहान (रूस)
५. मेराज मुसलमान (साउदी अरेबिया)
६. युवराज कार्की (बहराइन)
७. रमेशचन्द्र पौडेल (श्रीलंका)
८.निर्मलराज काफ्ले (अष्ट्रिया)
९. कुलप्रसाद नेपाल (ब्राजिल)
१०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
११. नारायणप्रसाद संग्रौला (बर्मा)