माधव पक्षीय नेता सुरेन्द्र पाण्डे भन्छन् – बादलविरुद्व उठेका खिमलाल हाम्रा उम्मेदवार होइनन्
काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्व उठेका डा. खिमलाल देवकोटा आफुँहरुको उम्मेदवार नभएको बताएका छन् । आइतबार एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस भएको बताए ।
उनका अनुसार देवकोटाको उम्मेदवारीमा माधव पक्षको कुनै संलग्नता छैन् । सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘उहाँ ९खिमलाल देवकोटा० हाम्रो उम्मेद्वार भन्दा पनि माओवादी केन्द्र प्रस्तावक र नेपाली कांग्रेस समर्थक छ। केही मानिसलाई हाम्रो पनि समर्थन हुन्छ कि भन्ने लागेको होला। तर त्यसमा हाम्रो प्रत्यक्ष संलग्नता केही पनि छैन।’
नेकपा एमालेभित्र विवाद चर्किँदै जाँदा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर माधव पक्षका नेता खिमलाल देवकोटालाई उम्मेदवारको रुपमा अगाडि सारेका थिए । माधव पक्ष र दलहरुबीच भएको सहमतीका आधारमा देवकोटाले उम्मेदवारी दिएका थिए ।
तर, एमालेभित्रको विवाद समाधान उन्मुख भईरहँदा नेता सुरेन्द्र पाण्डेले दिएको अभिव्यक्तिलाई निकै अर्थपूर्णं रुपमा हेर्न सकिन्छ ।
राष्ट्रिय सभामा बागमती प्रदेशतर्फ एमाले एकल बहुमतमा छ । माधव पक्षले सहयोग नगरेमा देवकोटाको पराजय निश्चित छ ।



प्रतिकृया दिनुहोस्