November 21, 2022, Monday
२०७९ मंसिर ५, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

विराटनगरको  विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड-१९ फोकल पर्शन सुनील देवले जानकारी दिए । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो ।

Advertisement