March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वासको मत प्राप्त गर्नु अगावै पूर्ण बजेट ल्याउनु अनैतिक: पूर्वअर्थमन्त्री रामशरण महत

विश्वासको मत प्राप्त गर्नु अगावै पूर्ण बजेट ल्याउनु अनैतिक: पूर्वअर्थमन्त्री रामशरण महत

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले विश्वासको मत प्राप्त नगरिसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्।

उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए।उनले भने, ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ। वर्तमान सरकार नै अनिश्चित छ। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ।’

Advertisement

चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुने उनको सुझाव छ।उनले भने, ‘विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन।’सरकारले विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताए।