नयाँ सरकार बनाउने अवधि आज साँझ पाँच बजे सम्म मात्रै
काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । त्यसका लागि उहाँले आज ५ बजे सम्मको समय दिनुभएको छ ।संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीकेपी शर्मा ओलीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको राष्टपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आज साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउने आधार पेश गर्ने सांसदलाई राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
तर त्यसरी बनेको प्रधानमन्त्रीले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाउनुभएको थियो । संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ।



प्रतिकृया दिनुहोस्