गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु
काठमाडौँ – कपिलवस्तुमा गत बुधवार गाेली लागेका माअाेवादि नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ । मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई अाजै हेलिकप्टर मार्फत काठमाण्डौ पुराईएकाे थियाे । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयकाे पहलमा उहालाई थप उपचारका लागि काठमाण्डौ लगिएकाे थियाे ।
उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पाण्डेकाे जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव ओम प्रकाश यादवले गाेली हानेका थिए



प्रतिकृया दिनुहोस्