May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यास चक्रवात आजै शक्तिशाली आँधीमा परिणत हुँदै, सचेत रहन मौसम विभागको आग्रह

यास चक्रवात आजै शक्तिशाली आँधीमा परिणत हुँदै, सचेत रहन मौसम विभागको आग्रह

काठमाडौँ – बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबकाे केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ ।

आँधीको प्रभावले आज  प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश-१ का उच्च हिमाली/पहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।

Advertisement

यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ ।