April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

काठमाडौँ – गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो । 

Advertisement

सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विभिन्न २८ देशमा रहेका ४ सय २३ जना नेपालीको अहिलेसम्म कोरोनाको कारण ज्यान गएको छ ।

अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भएदेखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।